Vermicomposting In Nepal
गड्यौले मल प्रविधि
गड्यौलालाई जैविक फोहर ख्वाएर मल बनाउने प्रकृयालाई गड्यौले मल प्रविधि भनिन्छ । यसरी उत्पादन भएको मललाई गड्यौले मल भनिन्छ । कम्पोष्ट गड्यौलाहरु हाम्रो खेतबारीमा पाइने गड्यौला नभएर विदेशबाट आयाति निम्न प्रजातिका हुन्छन् ।
१) इसिनिया फोइटिडा
२) युड्रिलस युजिनियन
३) पेरियोनिक्स एक्जाभ्याटस्
४) लुम्बिकस रिबेलस
गड्यौले मल प्रकृया ः
१) लम्बाइ चौडाइ उचाई २ह१ह१ फिट भएको र पिँधबाट पानी चुहिने व्यवस्था भएको काठ वा बाँसको बाकसको पिँधमा ३ इन्च जति बाक्लो हुने गरी जुट, पराल नरिवलको जटा, कागज वा सुति–कपडाको नरम ओछ्यान लगाई दिने । बाकसको वरिपरि प्वाल हुन जरुरी छ ।
२) पाकेको गोबर मिसिएको बगैँचे माटो दुई तीन मुठी बिछ्यौना माथि छरिदिने ।
३) सामान्य चिस्यान हुने गरी त्यसमाथि पानी छर्किदिने ।
४) त्यसमाथि कम्पोष्ट गड्यौलाहरु ५०0०–१0००० वटा राखिदीने ।
५) सामान्य अवस्था (५०% चिस्यान, २५ डिग्री सेन्टीग्रेड तापक्रम र आधा बर्ग इन्च आकार) को कमलो जैविक फोहर खानाको रुपमा त्यसमाथि राखि दिने ।
६) जुटको पातलो बोरा वा कालो सुति कपडाको ढकनी लगाई दिने ।
७) घामपानी नपर्ने छायाँ पर्ने ठाउँमा कम्पोष्ट बाकस राख्ने ।
८) आवश्यकतानुसार बेलाबेलामा खाना दिंदै जाने ।
मल संकलन तरिका ः
१) भाँडो भरिएपछि भाँडाको ढकनी हटाएर सतहको खानेकुरा सबै निकाल्ने ।
२) बिछ्याइएको कपडामाथि कम्पोष्ट बाकसको सबैकुरा घोप्ट्याउने ।
३) नगलेका बिछ्यौनाका टुक्राहरु छानेर एकातिर जम्मा पार्ने ।
४) गड्यौलाहरु मिसिएको माटोजस्तो मललाई कोण आकारमा चुली पारेर थुपार्ने ।
५) थुप्रोलाई ५ मिनेट घाममा राख्ने जसले गर्दा गड्यौला तल जम्मा हुन्छन् ।
६) माथिबाट मल अँजुलीले झिकेर एउटा अलग भाँडामा राख्ने ।
७) तल बसेका गड्यौलाहरुलाई पहिलेजस्तै गरी भाँडामा राख्ने ।
८) तयारी मललाई सिधै प्रयोग गरे पनि हुन्छ तर त्यसमा भएको कोकोन (गड्यौलाका अण्डा) हरु खेर नजाऊन् भनेर दश देखि पन्ध्र दिनसम्म गोबरपानीले भिजाएर राख्ने जसका अन्तरालमा बच्चाहरु उत्पादन भइसकेका हुन्छन् ।
९) बच्चा गड्यौलालाई छुट्याएर स्थानान्तरण गरी मल प्रयोग गर्ने ।
गड्यौला पाल्न सकिने भाँडाहरु ः १) काठको बाकस २) बाँसको बाकस÷ढक्की ३) प्लाष्टिकको बाकस÷ढक्की ४) सिमेन्टको टब ५) माटोको भाँडो ६) टिनको भाँडोगड्यौलाको खाना ः १) बासी खाना २) टुक्र्याइएको नरम जैविक फोहर ३) साना साना कागजका टुक्रा ४) सुतिकपडाका टुक्रा ५) पराल वा घाँसका टुक्रा ६) बगैँचे माटो
गड्यौलाका लागि निषेधित खाना ः १) अमिलो प्रजातिका फल २) गुलियो बस्तु ३) मासु ४) अचार ५) तेलजन्य खाना ६) ठुला टुक्रा फोहर गड्यौलाका सत्रुहरु ः १) कमिला २) मुसा ३) छुुचुन्द्रा ४) झिँगा गड्यौला पालनमा ध्यान दिनुपर्ने कुराहरु ः१) चिस्यानको मात्रा २) तापक्रम ३) अँध्यारो÷उज्यालो ४) बिछ्यौना ५) हावाको प्रवाह ६) फोहरको आकार
थप जानकारी र गड्यौला र मल चाहीएमा ९८५११८४०३७ र ९८१३४१४५७६
Email: nepalliving@gmail.com
You must be logged in to post a comment.