२०७५ अाश्बिन २० गते, सीतापाईला बहुउध्देशिय सहकारी संस्थाकाे ज्येष्ठ नागरिक खातामा अाबध्द मा अायाेजना गरिएकाे भेलामा नागार्जुन नगरपालिकाका मेयर श्री माेहन बहादुर बस्नेत ज्यूले दिपप्रज्वलन गरि उद्धाटन गर्नु भयाे । नागार्जुनका हजारै ब्यक्तिहरुकाे सामाजिक तथा अार्थिक रुपान्तरण र खानेपानि,स्बास्थ्य ,महिला शसक्तिकरणमा सितापाईला सहकारिकाे ठूलाे याेगदान रहेकाे साथै नागार्जुन नगरपालिमा एउटैमात्र सुबिधा संपन्न शुभेच्छा अस्पताल संचालन र एम्बुलेन्स सेबा संचालन गरि उदारणिय काम गरिरहेकाे बताउनु भयाे । नागार्जुनका मेयर बस्नेत संस्थाका संस्थाका संस्थापक सदस्य र चन्द्रागिरि नगरपालिकाका मेयर धनश्याम गिरी हालका संचालक हुनुहुन्छ । उक्त कार्यक्रममा संस्थाका मुख्य बित्त निर्देशक अनिल कुमार मानन्धरले smart Banking बारेमा presentation गर्नु भएकाे र ATM सेबा बारे जानकारी गराउनु भयाे । संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले कार्यक्रममा संस्थाका काराेबार १ अर्ब २५ कराेड ,९ हजार सदस्य,लधुबित्त सेबा, ए्म्बुलेन्स ,अस्पातल सेबा ,Smart Banking सेबा छिट्टै ATM सुरु हुने बताउनु भयाे । यस भेलामा १६७ जना ज्येष्ठ नागरिककाे सहभागिता रहेकाे थियाे । उक्त भेलामा ज्येष्ठ सद्स्यहरुलाई संचालक श्रीमती सबिना शाक्यले खादा अाेडाई सम्मान गर्नु भएकाे थियाे। कार्यक्रमकाे सभापतित्व बरिष्ठ साहित्यकार तथा लेखा समितिका संयाेजक श्रीप्रसाद धिमिरे ज्यूले गर्नु भएकाे थियाे । ज्येष्ठ नागरिकहरुलाई निक्षेपकाे अाधारमा दशै खर्च पनि प्रादान गारिएकाे थियाे ।